आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ ११ गते (तद्अनुसार सन् २०२३ मे २५ तारिख) बिहीबार ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि

खगेन्द्र कार्की

मेष – व्यस्तता बढ्नेछ । ज्यादा मिहीनेतले काम बन्ला । काममा चुनौतीहरू देखिए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने दिन छ । आफ्ना याोजनामा गोपनीयता अपनाउन विशेष ध्यान राख्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहनेछ, तर मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट होला । रमाइलो जमघट होला, साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुऱ्याउनेहरू प्रशस्तै हुनेछन् । अनावश्यक खर्च पनि बढ्नेछ । पराक्रम भने बढ्नेछ । रसरागमा आकर्षण रहला ।आफन्तको साथ मिल्नेछ ।

मिथुन – केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने दिन छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि अलिक कमजोर रहला । यसका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हेला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

कर्कट – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्नेछन् । काम पूरा नभए पनि आंशिक फाइदा होला । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । मित्रजन वा सन्तानपक्षबाट कार्यमा सहयोग पुग्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – नसोचेको स्रोतबाट धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरी पनि सुधार हुने योग छ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले भने सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – उपलब्धिको स्रोत पहिल्याउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आजको दिन अरूका काममा विशेष समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन पनि सक्छ । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – अरूको भरपर्दा धोका मिल्ने र शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने समय छ । सावधानीपूर्वक आफ्ना योजना अघिबढाउनुपर्नेछ । मेहनतको फल प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने योग छ । पराक्रम वृद्धि हुनेछ ।

धनु – दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । दौडधुप बढ्ने र मान वृद्धि हुने योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन व्यापार तथा साझेदारीमा पनि फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन वादविवादमा परिने योग छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुपर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । प्रेमभाव वृद्धि हुनेछ, आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया