पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया( तस्बिरहरु)

फाष्ट मिडिया नेपाल संवाददाता

उपमा ढकाल, सुनसरी।। पूर्व नेपालको सुनसरी क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यहरु मध्य तालतलैया पनि एक हो। इटहरीको उपमहानगरपालिका वडा नं ३ र २को केही क्षेत्रमा पर्ने तालतलैया पर्यटकीय क्षेत्र एक लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै आएको छ। 

तालतलैयाको स्थापना २०६६ सालमा अध्यक्ष महेशवर ओझाले गरेका थिए। यस ठाउँको नाम रेवती भण्डारी र शर्वदोज शावाले राखेका हुन । तालतलैया विषेशगरी ताल, वन जंगल ले भरिपुर्ण छ त्यसैले पनि प्राकृतिक रुपमा रमणीय रहेको छ। तालतलैयामा ढुंगाका कलात्मक आकृतिले बनाइएका मूर्तिहरू छन् जसले आगन्तुक पर्यटकको मनै लोभ्याउने गरेको छ । यहाँ राखिएको ढुंगाको मूर्तिले आम मानिसको ध्यान खिच्ने गरेको छ । नेपाल ललितकला प्रतिष्ठानको आयोजनमा केही बर्ष अगाडि देश तथा विदेशका कलाकारहरुद्धारा निर्मित ३३ थान ढुंगाका मूर्ति यहाँ राखिएको जानकारहरु बताउँछन्। 

यो क्षेत्रले २० हेकटरको क्षेत्रफल ओगटेको छ। यहा बच्चाहरुको लागि बालमैत्री पार्क छ। यहा ८ वटा ताललाई मर्ज गरेर अहिले ५ वटा ताल रहेको र यहाँ जलपरी रिक्सा, मोटरबोट गर्न पाईने सुबिधा रहेको छ। अहिले धेरै फुलहरु फुलेकोले गर्दा धेरै मानिसहरु फोटो खिच्नका लागि आउने गर्छन। तालतलैयामा विशेषगरी पिकनिकका लागि बाहिरी पर्यटकहरु आउने गरेको त्यहाका स्थानिय राम कुमार राईले बताएका छन्।

तस्बिरमा पर्यटकीय स्थल तालतलैया :



फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया