फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताईरहँदा उता पाल्पामा ठूलो परिणाममा युरिया मल प्रहरीले बरामद गरेको छ ।
शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा. भुषाल सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको दाबीका साथ बोलिरहेकै बेला पाल्पाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको छ । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ ।
यता भक्तपुरको कार्यक्रममा बोल्दै मन्त्री डा. भुसालले मलका लागि ठूलो संकट नहुने पनि दाबी पनि गरे । उनले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताए ।
मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको बताए । उनले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको जानकारी दिए ।
उनले कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल पहल गरिएको पनि बताए । उनले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको जानकारी दिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो