फाष्ट मिडिया नेपाल संवाददाता
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ र सुनसरीका शृंखलाबद्ध अपराधिक घटनामा उचच मनोबल र सासहका साथ कर्तव्य निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोाषणा गरी पुरस्कृत गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको हो ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै कटुवाललाइ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत भएका प्रनानी कटवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखला बद्ध भएको लुटपाटको घटनामा संग्लग्न ब्यक्तिहरुलाई पक्राउ गर्नुका साथै ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाइ लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल समेत बरामद गर्न सफल भएका थिए । केही दिन अगाडी सुनसरीको बर्जुमा डियुटिमा खटिएको प्रहरी टोलीलाई कुटपिट गरी हतियार लुटने समूहलाई कटुवालले पक्राउ गरेका थिए । यसरी अपराध अनुसन्धानमा कटुवालले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डल पनि पुरस्कृत भएका छन् । मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीय स्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको हो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो