बोर्ड राखिएको क्षेत्र इटहरी उपमहानगरले भोगाधिकार गर्दै आएको जनप्रतिनिधिको भनाई
फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा इटहरी उपमहानगरको क्षेत्राधिकार मिचेर सीमा प्रारम्भ बोर्ड राखेपछि विवाद बढेको छ । इटहरीको क्षेत्राधिकार मिचेर सीमा प्रारम्भ बोर्ड राखिएको भन्दै युवा संघ नेपालले उक्त बोर्ड हटाईदिएको छ ।
इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर हर्क साम्पाङले ‘सीमा प्रारम्भ’ को बोर्ड लगाउन निर्देशन दिएसँगै आइतबार बोर्ड लगाइएको हो ।
तरहराको पानीपिया सुरु हुनासाथै ‘स्थानीय सरकार, धरान उपमहानगरपालिका, सीमा प्रारम्भ’ लेखिएको बोर्ड लगाइएको हो । इटहरी उपमहानगरपालिका वडा नं. २० का जनप्रतिनिधि सुरेश गुरुङ (तनुज)का अनुसार जहाँ बोर्ड राखिएको छ त्यो क्षेत्र भने इटहरी वडा नं. २० मा पर्ने भएकाले भोगाधिकार इटहरीले नै गर्दै आएको छ । यससँगै इटहरी क्षेत्रका बासिन्दाले भने धरानका मेयर साम्पाङको विरोध जनाएका छन् । गुरुङले सो क्षेत्रलाई धरानले आफ्नो क्षेत्र भनेर दावी गर्न नमिल्ने पनि बताए ।
‘यसअघि सेउती पुललाई सीमा मानिएको हो, दुवै तर्फको स्थानीय सरकारसँग बैठक नबसीकन एकलौटी शासन गरियो,’ उनले फाष्ट मिडिया नेपालसँग भने, ‘सहकार्य नगरी यहाँ आएर हाम्रो सीमाना पर्छ भन्न कहाँ पाइन्छ ?’
आँफूहरूले उक्त बोर्ड हटाउने तयारी गरेको उनले बताए । ‘उपमहानगरको मेयर जत्तिको मान्छेले केटाकेटी जस्तो व्यवहार गरेको’ कतिपयको आरोप पनि छ ।
इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो । तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो