इटहरी । शुक्रबारदेखि परेको प्रिमनसुनी अविरल वर्षाले सुनसरीको रामधुनी नगरपालिकास्थित दुई कृषि फर्ममा ठूलो क्षति पु¥याएको छ । वडा नं.–८ मा सञ्चालित दुई कृषि फर्महरू झुम्का अर्गानिक कृषि फर्म र सुनसरी एग्रो मिट सप प्रा.लि. मा पालन गरिएका अढाईसय बङ्गुर बाढीले बगाएका छन्।
फर्म सञ्चालक भरत कार्कीका अनुसार दुबै फार्ममा करिब ३०० वटा बङ्गुर रहेका थिए, जसमा करिब ५० वटामात्र जोगिन सफल भएको छ,बाँकी अधिकांश बङ्गुरहरू रातिको बाढीले बगाएको छ।
रातको समयमा बाढी पसेपछि बङ्गुरहरू अत्यन्त आक्रान्त भए। पानीको बहाव यति तीव्र थियो कि तिनले उफ्रिएर भाग्न थाले। हामी हेरेर बस्न बाहेक केही गर्न सक्ने अवस्थामा थिएनौं, सञ्चालक कार्कीले बताए।
उनका अनुसार, चट्याङ, बाढी र अन्धकारका कारण उद्धार सम्भव थिएन। मासु उत्पादनका लागि तयार पारिएका ६० देखि ९० केजी तौलका बङ्गुरहरू पनि बगेर बेपत्ता भएका छन् भने ४३ वटा पाठा परेका छन्। बिहान फार्म नजिकको झाडीमा अड्किएका केही बङ्गुरलाई संकलन गरी सुरक्षित राखिएको छ।
दुई फार्ममा बङ्गुरबाहेक कुखुरा, बाख्रा र गाई समेत पालिएका छन्, यिनै फार्महरूमा १५ जना मजदुर आबद्ध छन् सञ्चालक कार्कीले प्रारम्भिक अनुमानमा 80 लाख क्षति भएको बताउँदै पीडाको अवस्थामा सरकार तथा सरोकारवाला निकायको सहयोगको अपेक्षा व्यक्त गरेका छन्।
स्थानीय तह र उद्धार संस्था संग समन्वय भइरहेको जनाइएको छ भने क्षतिको विस्तृत मूल्यांकन कार्य जारी छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो