फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । कञ्चनपुरमा एक ४५ वर्षीया महिलाको शव फेला परेको छ भने पूर्वको उर्लाबारी नगरपालिका १ की ४५ वर्षीया महिला सम्पर्कविहिन भएकी छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।
राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए । उनले मृत्युको कारण नखुलेको बताए ।
यता पूर्वको उर्लाबारी १ झारसादी निवासी निर्मला रेग्मी बुधबार राति १२–१ बजेको बीचमा सुतेकी अवस्थामा सम्पर्कविहिन भएकी छन् । परिवारले भौतिक रुपबाट र सामाजिक सञ्जालको माध्यमबाट खोजि गर्न आग्रह गर्दै फेला परे वा कुनै जानकारी दिन परेमा ९८१२७४८९९५, ९८११०७९८२७९, ९७४५८७३११२, ९८००९८०२२४ नम्बरमा सम्पर्क गरी सहयोग गर्न आग्रह समेत गरेका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो