फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं । पुर्वेली गीत ओझेलमा परिरहेको अवस्थामा गायक विष्णु रिजालले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। उनले पुर्वेली लोकभाकाको गीत ‘पानी बगरमा’लाई आफ्नो स्रोतामाझ लिएर आएका हुन्। गायनमा उनलाई पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन्।
गीतलाई गीतकार तथा संगीतकार अभयले आफै गृहजिल्ला ओखलढुङ्गाको सेरोफेरोलाई समावेश गरेर माया प्रेमका कुरा गीतमार्फत प्रस्तुत गरेका छन्। अभय ढुङ्गेलकै शब्द रचना तथा लयमा बनेको गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका छन्। गीतलाई विष्णुकै युटुब च्यानलमार्फत हेर्न सकिन्छ।
यस अघि गायक विष्णुका ‘ओखलढुङ्गा रुम्जाटार,पानी मिठो लिखु खोलाको,यसपाली नि पियारी आउन पाइन घर’लगायत थुप्रै गीतहरु रहेका छन्। उनी पढाईसँगसँगै गीतसंगीतमा समेत व्यस्त रहेका गायक हुन्।
https://www.youtube.com/watch?v=sGAQkPGLhL8
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो