इटहरीको संगीत चोकमा खुल्यो वार वभर नेपाल नामक फेसनेवल सपिङ सेन्टर

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

दुहवी (सुनसरी) । कोशी प्रदेशको केन्द्र विन्दु दिनानुदिन व्यवसायिक हवको रुपमा परिणत हुँदैछ । यहाँ व्यवसाय गर्न इच्छुक उद्यमी, व्यवसायी तथा युवाहरुले इटहरीबासी र आसपासका ग्राहक लक्षित गरेर विभिन्न व्यवसाय स्थापना गर्ने क्रम बढ्दो छ । सोही क्रममा इटहरीका युवा व्यवसायी योगेश अग्रवालले व्यवसाय बिस्तार गर्दै इटहरीको संगीत चोकमा वार वभर नेपाल नामक फेसनेवल सपिङ सेन्टरको उद्घाटन भएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले रिबन काटेर उद्घाटन गरेको सो सपिङ सेन्टर स्थापना गर्न अग्रवालले पहिलो चरणमा आधा करोड लगानी गरिसकेका छन् । अझै धेरै सामानहरुको व्यवस्थापन गर्न बाँकी नै रहेको उनको तर्क छ । 

आर्थिक मन्दीले बजार सुस्ताएको बेलामा पनि ग्राहकको इच्छा र चाहना अनुसारका गुणस्तरीय र सुलभ दररेटका रेडिमेट कपडाहरु सपिङ सेन्टर राखिएको उनले बताए ।   सो सपिङ सेन्टरमा फेसनको दुनियाँमा ब्राण्ड बनिसकको वार वभरका सामग्रीहरुको बिक्रीमा राखिएका छन् । 

जमाना फेसनको भएको र आकर्षक, गुणस्तरीय सामानहरुको बिक्रीका माध्यमबाट स्थापित गराउन उक्त व्यवसाय सुरु गरेको अग्रवालको प्रतिक्रिया छ । इटहरीको संगीत चोकबाट ३–४ घर पुर्व नगरपालिकाको वालकै छेउमा स्थापित गरिएको उक्त सपिङ कम्प्लेक्स खास गरेर आउँदै गरेका चाडवार्ड लक्षित रहेको र दशैं तथा तिहार जस्ता पर्वमा गुणस्तरीय सामान सरल दररेटमा लिन चाहने ग्राहकलाई सदैव स्वागत गरिएको उनले बताए ।  

खगेन्द्र कार्की
प्रतिक्रिया