नक्कली भुटानी शरणार्थी धन्दाबाट पक्राउ परेका पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति`

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । 

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद दिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

उपराष्ट्रपति कार्यालयमा दरबन्दी रहेका सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ । गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा उनी बुधवार पक्राउ परेका हुन् । बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा पाण्डे सचिव थिए । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजीत राई हिजै पक्राउ परेका थिए । पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया