अर्थमन्त्री महतले सार्वजनिक गरे १७ खर्ब ५१ अर्बको बजेट

खगेन्द्र कार्की

इटहरी । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन गरेको बजेटको आकार घटाएको छ ।

सरकारले ४२ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छन् ।

यस्तो बजेट चालू आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको थियो । यो बजेट खर्च हुन नसक्ने भन्दै अर्थमन्त्री महतले नै चालू आवको अर्थवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ बनाएका थिए ।

अर्थमन्त्री महतले चालू आवमा देखिएको अर्थतन्त्रको संकुचन र विश्वव्यापी आर्थिक मन्दीको असर आन्तरिक अर्थतन्त्रमा परेकाले बजेटको आकार घटाएका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया