इटहरी । जुम्ला जिल्लाको सिन्जा क्षेत्र अन्तर्गत कनकासुन्दरी गाउँपालिकाका विभिन्न वडाबाट संकलन गरिएको करिब २५ सय कुन्टल अर्गानिक स्याउ हाल इटहरीमा बिक्रीका लागि ल्याइएको छ। अबर काफ्ले, युवराज काफ्ले, रम हमाल लगायतको टिमले निरन्तर चारदेखि पाँच दिनसम्म ट्रकमार्फत ढुवानी गरी स्याउ इटहरी पुर्याएका हुन्।
इटहरी–६ दुर्गा पार्टी प्यालेस नजिक काफ्ले अर्गानिक सेन्टरमार्फत रेड डेलिसियस, रोयल डेलिसियस र जोनाथन जातका स्याउ बिक्री भइरहेको छ।
विशेष गरी जुम्लाको अर्गानिक स्याउ कुनै पनि रासायनिक मल वा कीटनाशक बिना उत्पादन हुने भएकाले पूर्णतया प्राकृतिक र स्वास्थ्यवर्द्धक मानिन्छ। यसको मीठो स्वाद, रसिलोपन र ताजगी अन्य क्षेत्रका स्याउभन्दा फरक र गुणस्तरीय हुने उपभोक्ताहरू बताउँछन्।
यस स्याउमा भिटामिन ए , सि, फाइबर तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले मुटु रोग नियन्त्रणदेखि पाचन प्रणाली सुधारमा फाइदाजनक हुने विज्ञहरूको भनाइ छ। जुम्लाको चिसो मौसम र उच्च भौगोलिक उचाइ यस किसिमको खेतीका लागि अनुकूल भएको बताइन्छ।
अर्गानिक स्याउले स्वास्थ्य सचेतना बढाउने मात्र नभई प्राकृतिक र स्वस्थ जीवनशैलीलाई पनि प्रवर्द्धन गर्ने भएकाले उपभोक्तामाझ यसको आकर्षण बढ्दो छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो