इटहरी । इटहरी उपमहानगरपालिकाले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने र नियमविपरीत चर्को शुल्क असुल्ने विद्यालयहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय ९शिक्षा, युवा तथा खेलकुद महाशाखा० ले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली विपरित शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले सक्रियता देखाएको हो। सूचनामा भनिएको छस्
शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गराउन पाउने छैनन्।
तोकिएको शुल्क मात्रस् प्रचलित कानून अनुसार भर्ना भएपछि मात्र र स्वीकृत भएका शीर्षकमा मात्र शुल्क लिन पाइनेछ।
स्वीकृत दरभन्दा बढी शुल्क लिने, फरक शीर्षकमा रकम असुल्ने र एकपटक भर्ना भइसकेका विद्यार्थीसँग पुनः भर्ना शुल्क लिने कार्यलाई पूर्णतः निषेध गरिएको छ।
सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम नियम विपरीत लिइएका शुल्कहरू तत्काल फिर्ता गर्न समेत निर्देशन दिइएको छ। यदि कुनै विद्यालयले नियमको उल्लंघन गरी भर्ना गरेको वा बढी शुल्क लिएको पाइएमा प्रचलित नियम अनुसार कडा कारबाही गरिने महाशाखा प्रमुख रमेश कुमार शाहले जानकारी दिनुभयो।
गुनासो सुनुवाइका लागि सम्पर्क व्यक्ति तोकियो
अभिभावकहरूका गुनासा सुन्न र अनुगमनलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले शिक्षा अधिकृत श्री पुष्कर गौतमलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। यदि कुनै विद्यालयले नियम मिचेर शुल्क मागेमा वा अग्रिम भर्नाका लागि दबाब दिएमा आवश्यक प्रमाणसहित सम्पर्क व्यक्ति समक्ष निवेदन दिन सम्पूर्ण अभिभावकहरूलाई अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले यो सूचनालाई कडाइका साथ पालना गर्न सम्पूर्ण संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।
खगेन्द्र कार्की
२६ चैत २०८२, बिहिबार ०९:४७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो