प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन कार्यसूचि

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई निरन्तरता दिइने तथा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
नेपालले पनि भारतीय सीमा मिचेको भन्दै सदनमा प्रधानमन्त्री वालेन शाहले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । त्यसैले आजको बैठक पनि सहज ढंगले चल्नेरनचल्ने अनिश्चित छ । 
आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ।व। २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसपछि आव २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।
यस्तै, अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए । 
अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसद्मा प्रस्तुत गर्नेछन् । यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
यसैगरी, सन्धिसम्बन्धी कार्यअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं। ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं। २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया