धरानको एक विद्यालयमा साथीको कुटपिटबाट खुट्टा भाँचिएको खुलासा

zCqnQYsJJSU

इटहरी । सुनसरी जिल्लाको धरानस्थित के–के इन्टरनेसनल स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी रिजन गुप्ताकाे आफ्नो कक्षाका साथीहरूकाे   कुटपिटमा  खुट्टा तीन टुक्रा हुने गरी भाँचिएको खुलेको छ ।

घटनापछि धरान गोपा क्याम्पमा उपचार गराइ घरमा आराम गरिरहेका रिजनले, “साथीहरूले छातीमा थिचेर खुट्टाले निरन्तर हान्दा खुट्टा भाँचिएको  भनेर बताएका  छन् ।

त्यस्तै, रिजनकी आमा रुबी शाहका अनुसार कात्तिक २८ गते शुक्रबार छोरालाई सकुसल स्कुल पठाएको भए पनि केही समयपछि स्कुलबाट तुरुन्त आउनकाे लागि  सूचना आएको थियो । स्कुल पुगेपछि छोराको खुट्टा भर्याङबाट लडेर भाँचिएको भनिएकाे  थियो । तर अस्पतालमा उपचार गराउँदा हड्डी तीन भागमा भाचिएको देखिएपछि शंका उत्पन्न भई पुनः छोरालाई फकाउदै सोध्दा “साथीहरूले पिटेर भाँचिदिएको” तथ्य बाहिरिएको उनले बताइन् । उपचारमा झन्डै एक लाख पचास हजार खर्च भइसकेको समेत उनले जानकारी दिइन् ।

यसै विषयमा आज इलाका प्रहरी कार्यालय, धरानमा विस्तृत छलफल गरिएको थियो । छलफलका क्रममा स्कुलका प्रिन्सिपल हरिचन्द्र बुढाथोकीले खाजा खाने समयमा विद्यार्थीहरू अव्यवस्थित  अवस्थामा रिजनलाई सहपाठीहरूले दुबैतिरबाट समातेर ल्याइरहेको देखिएको बताए ।

उनले प्रारम्भिक सोधपुछमा विद्यार्थीहरूले “भर्याङबाट लडेर चोट लागेको” बताएपछि तुरुन्तै नर्सिङ रुममा लगिएको र त्यहा बाट हस्पिटल लानु पर्छ भने पछि अभिभावक बाेलाई अस्पताल पठाइएको बताए  ।

छलफलमा विद्यालयका सञ्चालक, सामाजिक अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा अभिभावकहरुकाे उपस्थितिमा विषय केन्द्रीय बिन्दुसम्म पुग्न लाग्दालाग्दै कार्यालय समय समाप्त भएपछि छलफल स्थगित गरिएको थियो । अब आउने आइतबार पुनः बैठक बसालेर मिलापत्रमार्फत निष्कर्षमा पुग्ने  सम्बन्धित श्राेतले  जनाएको छ ।

zCqnQYsJJSU
प्रतिक्रिया