दुहबी नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृतमा केसी गए बराल आए

फाष्ट मिडिया नेपाल संवाददाता

दुहवी । दुहवी नगरपालिकामा प्रशासकीय अधिकृत परिवर्तन भएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी बिदावरी भए भने सोही स्थानमा हिमालय बराल हाजिर भएका छन् । भुमिसुधार ता मालपोत दोलखा, मालपोत शाखा प्रमुख, मालपोत कार्यालय प्रमुख दमक, वाणिज्य कार्यालय विराटनगर हुँदै पहिलो पटक स्थानीय तह दुहवी नगरपालिकाको जिम्मेवारी आइतबारदेखि सम्हाल्ने अवसर पाएका हुन् । बराललाई दुहवी नगरपालिकाका नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि, कर्मचारीले स्वागत तथा सम्मान गरेका छन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया