करिब ५० हजारको मतान्तरमा बालेन विजयी

खगेन्द्र कार्की

दमक । सर्वत्र हेराई र चासोको रुपमा रहेको झापा क्षेत्र नं. ५को मतगणना शनिबार बेलुका समाप्त भएको छ । पूर्व प्रधानमन्त्री केप्ी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको प्रतिष्पर्धालाई लिएर अन्तर्राष्ट्रको समेत नजर परेको थियो । दुवै उम्मेदवारका बीच कडा टक्कर हुन्छ भन्ने पूर्व अनुमान भने मतगणनाको परिाामले झुटो सावित भएको छ । परिणाम अनुसार झण्डै ५० हजारको मतान्तरमा बालेन विजयी भएका छन् । शाहलाई शनिबार नै जिल्ला निर्वाचन आयोगले विजयको प्रमाणपत्र प्रदान गरेको छ । 

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली केवल १८ हजार ७३४ मतमा सीमित भए । यसरी बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका थिए । त्यस समयमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया