बंगलादेशको सम्पन्न निर्वाचनले बीएनपीलाई बहुमत, खालिदाका छोरा रहमान अबको प्रधानमन्त्री

खगेन्द्र कार्की

एजेन्सी । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि भएको पहिलो संसदीय चुनावमा बंगलादेश नेसनललिस्ट पार्टी ९बीएनपी० ले बहुमत ल्याएको छ । बीएनपीले बिहीबार भएको चुनावमा २९९ सिटमा १६५ सिट जितेको हो । बंगलादेशमा ३०० सिटमध्ये २९९ सिटमा चुनाव भएको थियो । 

बीएनपीले बहुमत सिट ल्याएपछि उक्त पार्टीबाट तारिक रहमान प्रधानमन्त्री बन्नेछन् । बीएनपीका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान अहिले बीएनपीको अध्यक्ष छन् । उनी अहिलेको चुनावमा दुई क्षेत्रबाट निर्वाचित भएका छन् । 

शेख हसिना प्रधानमन्त्री भएको समयमा निर्वासनमा परेका रहमानले १७ वर्ष बेलायतमा बसेर हालै बंगलादेश फर्किएका हुन् । बंगलादेश फर्किएलगत्तै चुनावमा होमिएका रहमानले चुनावमात्र जितेनन्, प्रधानमन्त्री हुने अवसर पनि पाएका छन् । 

रहमान नेतृत्वको बीएनपीले बहुमत सिट जितेपछि जमात– ए – इस्लामी पार्टी नेतृत्वको गठबन्धनले ४५ सिटमा मात्रै जित निकालेको छ । यो गठबन्धनमा ११ दल रहेका थिए । 

जमात प्रमुख सिफुकर रहमानले ढाकाबाट निर्वाचित भएका छन् ।  यी दुई दलबाहेक केही स्वतन्त्रले पनि जित निकालेका छन् । त्यसरी जित निकाल्नेमा ३ सिटमात्रै छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया