दमकमा एचपीभी खोप अभियान माघ २५ देखि सुरु हुने

खगेन्द्र कार्की


दमक । सर्भाइकल (पाठेघरको मुख) क्यान्सर रोकथामको राष्ट्रिय अभियानसँगै दमक नगरपालिकाले ६ देखि १० वर्ष उमेर समूहका बालिकालाई एचपीभी (ज्गmबल एबउष्िियmब ख्ष्चगक) खोप लगाउने अभियान सुरु गरेको छ । माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत नगरका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत बालिकाहरूसँगै विद्यालय नजाने १,३९९ बालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अभियानबारे जानकारी गराउन नगरपालिका सभाहलमा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो। वडा नं. १ का वडाअध्यक्ष हरि प्रसाद न्यौपानेको अध्यक्षता, नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष, विद्यालयका प्रमुख, शिक्षक, स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ब्रजेश कुमार मेहताले “महिलामा पाठेघरको मुखको क्यान्सर र यसको रोकथाम” विषयमा प्रेजेन्टेशनमार्फत जानकारी दिँदै, दमक नगरपालिकाले प्राथमिक तहको रोकथामअन्तर्गत एचपीभी खोपलाई नियमित अभियानका रूपमा अघि बढाउने योजना बनाएको बताए । उनका अनुसार, विद्यालय–विद्यालयमा पालैपालो एक बालिकालाई एकपटक खोप लगाइने छ ।

नगरप्रमुख थापाले बालिकाको स्वास्थ्य सुरक्षालाई दीर्घकालीन लगानीका रूपमा हेरिँदै आएको बताउँदै भने– “भोलिका दिनमा आउन सक्ने समस्यालाई बेलैमा रोकथाम गर्न पाठेघरको क्यान्सर परीक्षण र एचपीभी खोप अत्यावश्यक छ । यस अभियानले भविष्यमा क्यान्सरमुक्त पुस्ता निर्माणमा सहयोग पु¥याउनेछ ।”

नेपाल सरकारले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारण गर्ने राष्ट्रिय लक्ष्य लिएको छ । विश्व स्वास्थ्य संगठन (ध्ज्इ)ले तय गरेको ९०–७०–९० लक्ष्य अनुसार नेपालले पनि कम्तीमा ९० प्रतिशत कभरेज हासिल गर्ने संकल्प गरेको छ ।

गत वर्ष दमक नगरपालिकाले लक्षित समूहका ९० प्रतिशत अर्थात् ३,०४९ बालिकालाई खोप लगाएको थियो। यस वर्ष पनि सो उपलब्धिलाई निरन्तरता दिँदै विद्यालय र समुदाय दुवै तहमा अभियान सशक्त रूपमा अघि बढाइएको छ ।

नगरपालिकाको यो पहललाई “सर्भाइकल क्यान्सरमुक्त नेपाल–२०३०” अभियानतर्फको ठोस कदमका रूपमा हेरिएको छ ।

खोप अभियानको रणनीति र लक्ष्य ः स्वास्थ्य शाखाका अनुसार, दमक नगरपालिकाले गत वर्षको अभियानमा ९० प्रतिशतभन्दा बढी अर्थात् ३,०४९ जना लक्षित समूहका बालिकालाई खोप लगाएको थियो । यस वर्ष सो उपलब्धिलाई अझ सुदृढ गर्दै विद्यालय र समुदाय दुवै तहमा खोप केन्द्र सञ्चालन गरिनेछ ।

कार्यक्रमका मुख्य बुँदाहरूः सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना ।, विद्यालय नजाने १०–१४ वर्षका किशोरीहरूका लागि विशेष बाह्य केन्द्र ।, अन्तिम दिन वडा तहका स्वास्थ्य संस्थाबाट खोप सेवा उपलब्ध ।

देखिएका समस्या र सिकाइहरू

गत वर्षको अभियानमा केही चुनौतीहरू देखिएका थिए । जसमा विद्यालयबाट प्राप्त लक्षित संख्या र वास्तविक संख्या बीचको फरक, समन्वय र सहजीकरणमा कमी, शिक्षा क्षेत्रको सहभागितामा कमी, साथै खोपबारे मिथ्या धारणा र अभिभावकहरूमा अनिच्छा देखिएको स्वास्थ्य शाखाले जनाएको छ । यस वर्ष यी चुनौतीहरू समाधान गर्न वडास्तरमै प्रभावकारी अभिमुखीकरण गरिने निर्णय गरिएको छ ।

खोपका सावधानीहरू ः एचपीभी खोप निम्न अवस्थामा नदिन सिफारिस गरिएको छः

लक्षित उमेर समूह बाहेकका व्यक्तिहरूलाई, गर्भवती महिलालाई, विगतमा कुनै खोपले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस प्रतिक्रिया गराएको व्यक्तिलाई । खोप बाँया पाखुराको बीच भागमा मांसपेशीभित्र ०.५ मि.लि. मात्रा दिइनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया