केराबारी । मोरङ्गको केराबारी गाउँपालिकाले सोमबार चाडपर्व लक्षित बजार अनुगमन गरेको छ। उपाध्यक्ष मनमाया मगरको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृतसहित पालिकाका विभिन्न शाखाका प्रमुखहरुले सो बजार अनुगमन गरेका हुन् ।
उपभोक्ता हित संरक्षणका लागि चाडपर्वको बेला गरिएको अनुगमनका क्रममा ब्यापारीहरुले पान नम्बर, दर्ता प्रमाण पत्रहरु देखिने गरि नझुण्ड्याएको, मुल्यसुचि नराखेको पाईएको थियो। अनुगमन समितिले ब्यापारीहरुलाई दर्ता प्रमाण पत्र, पान÷भ्याट दर्ता प्रमाण पत्र झुण्ड्याउन लगाएको छ।
यस्तै अनुगमनका क्रममा अति प्रज्वलनशिल पदार्थ पेट्रोल खुल्लमखुल्ला मिनरल वाटरको वोतलमा भरेर भरेर बेच्न राखेको भेटिएको थियो। अनुगमन समितिले त्यस्ता बिक्रेताहरुलाई आईन्दा त्यसरी बिक्री नगर्न सचेत समेत गराएको छ।
अनुगमनका क्रममा केराबारी १० मा कमल श्रेष्ठले सञ्चालन गर्ने एकेएस मार्केटमा म्याद गुज्रिएका मसला, मुगदाल, वदामलगायत बिभिन्न खाद्य सामाग्री फेला पारेर वरामद गरेको छ।
यस्तै दुर्गा मार्टमा पनि केहि म्याद गुज्रिएका खाद्यपदार्थ फेला पारेर वरामद गरेको छ। अनुगमनलाई निरन्तरता दिँदै अनुगमनमा दिईएको सुझाव कार्यान्वयन नगरे आगामी दिनमा गाउँपालिका कडा रुपमा प्रस्तुत हुँदै पसल शिल सम्म गर्ने अनुगमनमा सहभागीहरुले जानकारी गराएका छन्। अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय मोरङ्गका अधिकृत शंकर कार्की, केराबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाँई, कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोला, राजस्व शाखाकी भारती धिताल, सञ्चारकर्मीहरुलगायत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी सहभागी थिए।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो