जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितको लागि धनकुटामा आर्थिक संकलन हुँदै आज पनि संकलन गरिँदै

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा ।  धनकुटामा गत शुक्रबार गएको विनासकारी भुकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा घरबारविहिन भएका भुकम्प पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियान चलाएको छ । धनकुटाको हिले बजारमा गरिएको आर्थिक संकलनबाट ६० हजार बढी रकम संकलन भएको र आज मंगलबार धनकुटाको बसपार्कबाट आर्थिक संकलन हुने आयोजकले जनाएका छन् । 

धनकुटाको हिले बजारमा धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा उक्त राहत संकलन भएको हो । 

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाग,व रिष्ट उपाध्यक्ष मन कुमारी (तारा) तितुङ्ग,उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, धनकुटा उद्योग वाणिज्य संघका कावा महासचिव राम वहादुर रायमाझी, धनकुटा वितरक संघका अध्यक्ष विक्रम प्रधान, महासचिव विपिन थापा, सचिव गोविन्द दाहाल,  सदस्य गणेश  पौडेल, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य  दिजेश शाक्य, राम घिसिङ्ग तमांग,नगेन्द्र काफ्ले, हिले शाखाका होटल एशोसिएसन हिलेका अध्यक्ष यादव घिसिङ, सायक कार्यालय सचिव नवराज श्रेष्ठ  सहितको टोलीले बजारमा राहत  संकलन अभियानमा सहभागी भई राहत संकलन गरेका थिए ।

यसैगरी धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले समेत उक्त राहत संकलन टोलीलाई केही समयमा  राहत संकलन गर्न सहभागी भई राहत संकलनमा सहयोग पु¥याएका थिए । 

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा संयुक्त रुपमा  हिले बजारमा हिले बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन कार्यक्रममा जम्मा ६२ हजार १ सय ५ रुपैया रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तमाङले बताए ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा  धनकुटा बजारमा भोली २१ गते भूकम्प पीडिहरुका लागी राहत संकलन गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया