कांग्रेसका ३२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार, अन्य उम्मेदवारका लागि आन्तरिक छलफलमै

फाष्ट मिडिया नेपाल संवाददाता

नेपाली कांग्रेसले सोमबार बेलुकासम्म ३२ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिस्पर्धी अन्य दलले लगभग सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाइसक्दा कांग्रेस आन्तरिक छलफलमै छ ।

सोमबार दिनभर विभिन्न चरणमा छलफल गरेको कांग्रेसले बेलुकासम्म ३२ वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो ।

जसमा हिमाली जिल्ला र एक मात्र निर्वाचन क्षेत्र रहेका पहाडी जिल्ला प्राथमिकतामा परेका छन् । अन्य क्षेत्रको उम्मेदवार टुंग्याउन कांग्रेस सभापति गगन कुमार थापासहितका नेताहरू अहिले पनि बहुपक्षीय छलफलमा छन् ।

भोलि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको कार्यतालिका छ । देशभर १६५ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

यी हुन् कांग्रेसले हालसम्म उम्मेदवार टुंगाएका क्षेत्र :

कोशी प्रदेश:
धनकुटा - दिनेश राई
पाँचथर - नरेन्द्र केरुङ
ताप्लेजुङ - गजेन्द्र तुम्याहाङ
तेह्रथुम - सन्तोष सुब्बा
इलाम १ - निष्कल राई
इलाम २- भेषराज आचार्य 
उदयपुर १ - विदुर बस्नेत
उदयपुर २ - रामकुमार राई
मोरङ ३ - सुनिल शर्मा
खोटाङ - वीरकाजी राई ​
ओखलढुंगा - रामहरि खतिवडा
सोलुखुम्बु - प्रकाश कार्की

गण्डकी प्रदेश
गोरखा १ - प्रेम खत्री
खोरखा २ - प्रकाश दवाडी
मनाङ - टेकबहादुर गुरुङ
मुस्ताङ - योगेन्द्र गौचन
बाग्लुङ २ - टेकराज पौडेल
म्याग्दी - केबी भण्डारी

लुम्बिनी प्रदेश
रोल्पा - डा. सुदनकुमार ओली
दाङ १ - योगेन्द्र चौधरी
पूर्वरुकुम - कुसुम थापा मगर
प्युठान - डा. गोविन्दराज पोखरेल

कर्णाली प्रदेश
दैलेख- १ बासना थापा 
दैलेख- २ दिक्पाल शाही
कालिकोट - हर्षबहादुर बम
डोल्पा - कर्णबहादुर बुढा
जुम्ला -दीपबहादुर शाही
हुम्ला - जयपति रोकाय
मुगु - ऐनबहादुर शाही
सल्यान - केशव विष्ट

सुदूरपश्चिम प्रदेश
अछाम १ - भरत स्वाँर
अछाम २ - पुष्प शाह
बाजुरा - जनक गिरी
बैतडी - चतुरबहादुर चन्द

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया