इटहरी । दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगीता फागुन ९ गते देखी १७ गते सम्म रामधुनी नगरपालीका पंचायन खेलमैदानमा संचालन हुने भएको छ ।
इटहरी २ मा रहेको अल्टिट्युड क्लबको आयोजनामा हुन लागेको फुटबल प्रतियोगीताको उद्धघाटन कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्की द्धारा गरीने इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रतियोगीतामा एपीएफ पकली फुटबल टिम,कोशी प्रदेश प्रहरी टिम विराटनगर,लेटाङ फुटबल क्लब मोरङ,बेतना युनाइटेड क्लब मोरङ,पानवारी फुटबल क्लब सुनसरी,चित्लाङ फुटबल क्लव काठमाण्डौ,आर आइ एफ सी काठमाण्डौ,तालतलैया फुटबल क्लव सुनसरी ब्रदर कलेक्सन केरावारी मोरङ,अल्टिट्युड क्लब आयोजकको सहभागीता रहनेछ ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई दुइ लाख वाइस हजार दुइ सय बाइस नगद साथै पन्ध्र तोला चादीको सिल्ड मेडल प्रमाणपत्र प्रदान गरीने छ भने दोस्रो हुने टिमलाई एक लाख एघार हजार एक सय एघार नगद मेडल प्रमाणपत्र तथा ट्रफि प्रत्येक खेलमा उत्कृष्ट खेलाडी छनौट गरी पुरस्कार मायाको चिनो प्रदान गरीने छ ।
नेपालका विभिन्न क्षेत्रमा लुकेर रहेका खेलाडी तथा पर्यटकिय क्षेत्रहरुको पहिचान गरी त्यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउने उदेस्यले संचालन गर्न लागीएको प्रतियोगीतामा सहभागी टिम र खेलाडीहरुले यातायात,आवास,भोजन,पोसाक लगायतको आआफ्नो ब्यवस्था आफैले गर्नु पर्ने र कार्यक्रममा सुरक्षाको ब्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी गराए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो