पाठकको पुर्पुरो : वि.सं.२०८० आषाढ ३ गते (तद्अनुसार सन् २०२३ जुन १८ तारिख) आइतबार आषाढ कृष्ण पक्षको अमावश्या तिथि

खगेन्द्र कार्की

मेष – पराक्रम वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । कामका बाधाहरू हट्ने र नसोचेको ठाउँबाट लाभ मिल्ने दिन छ । सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउला । कुनै महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने योजना गोप्य राख्नु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – विलासितामा धन खर्च हुने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले खिन्नता बढ्ला । भौतिक साधनले पनि धोका दिन सक्छ, सावधान रहनुहोला । बढी मिहीनेतले काम बन्नेछ । सन्तानसुख मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – दूरका मित्रजनसँग सम्बन्ध गाँसिने समय भएपनि आज अर्थअभावले काम रोकिने सम्भावना छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । खास सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । आरोग्यता बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिगो आम्दानी हुने काम सुरु हुने समय छ तर आशा देखाउनेहरूले फसाउन सक्छन् । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । लगानी पनि वृद्धि हुनेछ । कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट भने धोका पाइने सम्भावना छ । आजको दिन स्वास्थ्यप्रति विशेष सचेतना अपनाउनु हितकर होला । बढी मिहीनेतले काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – कर्मबल वृद्धि हुनेछ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । परिस्थिति अलिक संघर्षमय रहला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि समय र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यावसायिक काममा खर्च बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्ने समय छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आजको दिन अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । सहयोगी ठानिएकाहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । शत्रु र प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ । आज स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु हितकर होला ।

धनु – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने समय छ । हिम्मतले काम बनाउन सकिनेछ । तर, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । धन आर्जन गर्ने अवसर जुर्ने योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि आफ्नो वर्चस्व जोगाउन खास प्रयत्न गर्नु हितकर होला । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । कसैसँग विवादको सम्भावना रहेकोले सावधान रहनुहोला । रसराग तथा प्रेमको मामलामा सफलता मिल्नेछ ।

कुम्भ – परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । काम बिग्रने डरले सताउने योग भएपनि व्यवसायबाट भने फाइदा नै हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । सम्मान जोगाउन विशेष प्रयत्नको आवश्यकता देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – दिन राम्रै रहेको छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सफलताको दर वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया