इटहरीको शुभलाभ साकोसको साधारणसभा सम्पन्न, नयाँ नेतृत्वमा पोखरेल

सुप्रिया राई

इटहरी ।सुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा दिपक पोखरेल निर्विरोध चयन भएका छन्।

इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा दिपक थापा, सचिवमा उमानाथ दाहाल ( उमेस ), कोषाध्यक्षमा शान्ता थापा चयन भएका छन्। यस्तै सदस्यहरूमा रुपनारायण भट्टराई, स्वागत श्रेष्ठ, पवित्रा घिमिरे, भवनाथ घिमिरे र सुमित्रा चौधरी चयन भएका छन्।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा विष्णुनारायण  काफ्ले चयन भएका छन् भने सदस्यहरूमा खेमराज चौलागाईं र पवित्रा घिमिरे रहेका छन्।

अध्यक्षमा सर्वसम्मत चयन भएपछि नवनिर्वाचित अध्यक्ष दिपक पोखरेलले सहकारी अभियानलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विज्ञहरूको सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै सहकारीका सकारात्मक कार्य र उपलब्धिहरूलाई उजागर गर्दै अघि बढ्ने स्पष्ट पारे।

साधारणसभाले सहकारीको आर्थिक, सामाजिक तथा संस्थागत सुदृढीकरणमा जोड दिँदै सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने निर्णयसमेत गरेको छ।

सुप्रिया राई
प्रतिक्रिया