४५औँ रोभर लिडर आधारभूत तालिम सम्पन्न ।

सुप्रिया राई

४५औँ रोभर लिडर आधारभूत तालिम सम्पन्न ।

काठमाडौं । नेपाल स्काउट बागमती प्रदेश स्काउट कार्यालय र स्थानीय स्काउट कार्यालय चन्द्रागिरिको आयोजनामा सञ्चालित ४५औँ रोभर लिडर आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

चन्द्रागिरि नगरपालिका–१ स्थित सुमरा डाँडामा जेठ १२ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा २० जना युवा स्काउटर सहभागी भएका थिए। तालिममा नेतृत्व विकास, सेवा भावना, अनुशासन, टोलीगत सहकार्य तथा स्काउटिङका व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमको उद्घाटन नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य तथा लिडर ट्रेनर कृष्ण चालिसे ले गरेका थिए। समापन समारोहमा बागमती प्रदेश कार्यसमिति सदस्य तथा सर्टिफिकेट ट्रेनर जमुना शर्मा ले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिन्।

स्थानीय स्काउट कार्यालय चन्द्रागिरिका प्रमुख आयुक्त प्रमोद सिग्देल ले तालिमले युवा रोभरहरूलाई सक्षम नेतृत्वकर्ता र जिम्मेवार नागरिक बन्न प्रेरित गरेको बताए।

तालिममा सहायक लिडर ट्रेनर रामप्रसाद पाण्डे, तीर्थबहादुर खड्का, प्रशिक्षण क्वार्टर मास्टर दीपेश थापा तथा राष्ट्रिय प्रशिक्षक सुरज खनालको सक्रिय भूमिका रहेको थियो।

इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहाल ले तालिमबाट नेतृत्व, सेवा र सामुदायिक उत्तरदायित्वबारे नयाँ अनुभव प्राप्त भएको प्रतिक्रिया दिए।

आयोजकका अनुसार तालिमबाट प्राप्त ज्ञान, सीप र मूल्यले नवप्रशिक्षित रोभर लिडरहरूलाई स्काउट आन्दोलन तथा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न सहयोग पुग्ने विश्वास गरिएको

सुप्रिया राई
प्रतिक्रिया