इटहरीमा मानवअधिकारवादी कोशी प्रदेशबीच निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने विषयमा छलफल

खगेन्द्र कार्की

इटहरी\ प्रतिनिधि सभाको आगामी निर्वाचन कसरी स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सकिन्छ भन्ने बारेमा सुनसरीको इटहरीमा कोशी प्रदेशभरिका मानवअधिकारकर्मीहरुले छलफल गरेका छन् । छलफलबाट निर्वाचनलाई डर, त्रास र भयमुक्त बनाउने, सम्पूर्ण मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउने साथै मतपत्रहरु बदर हुन नदिने बारेमा अपनाउनुपर्ने सावधानीबारेमा चर्चा परिचर्चा गरिएको छ । लोकतन्त्रको एउटा मेरुदण्डको रुपमा रहेको निर्वाचनबाट लोकतन्त्र मजबुत हुने भएकाले त्यसका लागि समेत चनाखो र गम्भीर हुनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन् ।

छलफलमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट मानअधिकारकर्मीहरुको प्रतिनिधित्व रहेको थियो । लोकतन्त्रको रक्षाका लागि निर्वाचन कोशेढुंगा सावित हुने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने कुरामा सम्बन्धित सबै सरोकारवालाहरु लागी पर्नुपर्ने कुरामा पनि छलफलमा उत्तिकै जोड दिइएको कार्यक्रमको अध्यक्षता गरेका नेपाल मानवअधिकार संगठनको केन्द्रीय उपाध्यक्ष डा। के।पी। सुवेदीले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि रहेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लोकतन्त्रको रक्षा गरेमात्र संविधान र जनताको हक, अधिकारको रक्षा हुने भएकाले त्यसका लागि कार्य गर्न मानवअधिकार कर्मीहरुलाई आग्रह गरे । स्थानीय पाथीभरा होटलमा भएको क्रममा नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष ईन्द्र प्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतम विशिष्ट अतिथिका रुपमा रहेका थिए । उनीहरुले लोकतन्त्रको प्राण भनेकै स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन भएकाले त्यसका लागि सरकारले पनि आवश्यक शाँिन्त सुरक्षाको प्रत्याभूति दिनुपर्ने कुरामा जोड दिएका थिए । वरिष्ठ राजनीतिक विश्लेषक पं्रा। कृष्ण पोखरेलले पनि आफ्ना भनाईहरु राखेका थिए । मानअधिकार संगठनका पूर्वअध्यक्ष आनन्द आचार्य र इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले पनि लोकतन्त्र र निर्वाचनको साइनोका बारेमा आ–आफ्ना धारणाहरु राखेका थिए  । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआइजी० विनोद घिमिरे पनि विशेष अतिथिका रुपमा सहभागी थिए ।

एकदिने सो छलफल कार्यक्रममा स्वागत मन्तव्य मानवअधिकार संगठनका कोशी प्रदेश सह–संयोजक जय बहादुर श्रेष्ठले र कार्यक्रम संचालन इन्सेकका मनोहर पोखरेलले गरेका थिए । सोही कार्यक्रममा नेपालको झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको जानकारी गराइएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई प्रत्यक्ष राजनीतिमा हिंडाउन मिल्छ कि मिल्दैन भनेर पनि छलफल भएको बताइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया