आजको पाठकको पुर्पुरो : वि.सं.२०७९ चैत्र २१ गते (तद्अनुसार सन् २०२३ अप्रिल ४ तारिख) मंगलबार

खगेन्द्र कार्की

मेष – आजको दिन आर्थिक रूपले कमजोर सावित भइएला, सचेत रहनुहोला । अकारण झैझमेला वा विवाद निम्तन सक्ने योग रहेकोले सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य सम्बन्धमा पनि सामान्य खटपट पर्ला । व्यवसायमा हानी र लेनदेनको समस्या पर्न सक्ने हुँदा धैर्य राख्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – आजको दिन व्यस्तता वृद्धि हुनेछ भने शुभ काम बन्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नसोचेको सम्मान मिल्ला । आलोचकहरू नै प्रशंसक बनेर अगाडि आउलान् । कला क्षेत्रमा रुचि बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम वृद्धि हुनेछ । आज मन प्रशन्न रहने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन आर्जन हुनेछ । आफन्तसँगको भेटघाटले मन रमाउने छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा हुने योग रहेकोले आजको दिन व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । धन मान र आरोग्यता वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ तथापि निको भएको रोगले पुनः सताउन सक्छ, सचेत रहनुहोला । चोटपटकको भय पनि छ । आज खर्च बढने विवाद बढ्ने र शत्रुले सताउने योग पनि छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउ चाहे सफल हुनुहुनेछ । अध्ययन–अध्यापनमा अनुकूल समय आएको छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आयबल बढ्नेछ । भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुनेछ । फुर्सदिलो समय छ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मनमा रहेको डर हटेर काममा उत्साह जाग्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्य वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – शुभता र सौभाग्य बढ्ने समय छ । रोकिएको काम बन्नेछ । तर, हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आज धेरै श्रम गरे पनि कम मात्र उपलब्धि मिल्ला । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । लेनदेनमा विवाद बढ्नेछ । धनको आगमन भने भइरहनेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । स्वास्थ्य कमजोर भइ काममा अवरोध आउन सक्छ । कुरा काट्नेहरु बढ्नेछन्, सावधान रहनुहोला । दीर्घकालीन योजना बनाउँदै हुनुहुन्छ भने थाती राख्नु हितकर हुनेछ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – अनुकूलता बढ्नेछ । समय राम्रो छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्नेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनेको आभासले मन हर्षित हुने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया