इजलायलद्धारा गाजाको अस्पतालमा आक्रमण, कम्तीमा ५ सयको मृत्यु

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, “सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु । अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रसंघको परिसरलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित गरिएको छ ।” 

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका बताइएको छ ।  


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया