इटहरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगको निर्देशन बमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
००००
प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०ले आफ्नो चुनावी प्रतिबद्धता पत्र ९घोषणापत० सार्वजनिक गरेको छ ।
प्रलोपाले ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ भन्ने मूल नारासहित आइतबार काठमाडौं आयोजित कार्यक्रममा आगामी निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा प्रलोपाले मुलुकको शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव अघि सारेको छ ।
००००
उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो ।
००००
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक, डिजल र मट्टीतेलमा प्रतिलिटर तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ ।
००००
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । आजदेखि दल र उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने भएका हुन् । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइने व्यवस्था छ ।
००००
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।
००००
सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आइतबार साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन ‘देश बनाउने कि देश जलाउने’ भन्नेबीचको महासंग्राम रहेको बताएका छन् ।
आइतबार झापाको दमकमा धिमाल समुदायका अगुवासँगको भेटघाटमा बोल्दै बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले धिमाल समुदायका लागि छुट्याएको बजेट पनि अहिलेको सरकारले काटिदिएको बताए ।
००००
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् ।
सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए ।
००००
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् लामिछानेले आगामी राजनीतिक कार्यदिशाका लागि जनतासँग ‘नागरिक करार’ सार्वजनिक गरेका हुन् ।
विगतमा राजनीतिक दलहरूले गरेका बाचा पूरा नहुँदा त्यसको प्रत्यक्ष असर जनताले भोग्नुपरेको उल्लेख गर्दै लामिछानेले यसपटक आफूहरूले केवल बाचा मात्र नभई प्रतिज्ञाको करार गर्न लागेको बताएका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६३औं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।
००००
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो