विराटनगर । निर्वाचन विरोधी गतिविधि गर्ने जो–कोहीलाई जनतासम्म त्यस विषयमा आलोचना, टिप्पणी र सही सूचना पुर्याउने काम मिडियाको भएको भन्दै कानुन मन्त्री इन्द्रमणि पराजुली ले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना, महिला तथा कानुन मन्त्रालयको सहयोग तथा प्रेस काउन्सिल नेपाल को संयोजनमा विराटनगरमा आयोजित कोशी प्रदेश तथा जिल्ला स्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक–प्रशिक्षण तालिम कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन्।
उनले २०८४ सालमा नियमित निर्वाचन हुने भए पनि हाल बाध्यतावश निर्वाचन गर्न लागिएको उल्लेख गर्दै निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन मिडियाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने पनि आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बताए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल ले सहजीकरण गरेका थिए भने निर्वाचन आयुक्त राम प्रसाद भण्डारी ले १८ गतेसम्म मात्रै राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले निर्वाचनसम्बन्धी सेमिनार, गोष्ठी तथा प्रचारप्रसार गर्न पाउने जानकारी दिए। उनले १८ गते राति १२ बजेदेखि ‘शून्य समय’ सुरु हुने स्पष्ट पारे।
कार्यक्रम भरत खड्का को अध्यक्षता तथा हिमा चेम्जोङ को संयोजनमा सम्पन्न भएको थियाे भने कोशी प्रदेशका विभिन्न जिल्लाबाट पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो