इटहरी । ऐतिहासिक राजनीतिक केन्द्रका रूपमा परिचित सुनसरी–३ अहिले पुनः चर्चामा छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना राजनीतिक दिग्गज र नयाँ शक्तिबीच रोचक प्रतिस्पर्धा शुरु भएको छ ।
विजयकुमार गच्छदारले आफ्नो राजनीतिक विरासत पुनः जोगाउने दाउमा छन् भने अघिल्लो निर्वाचनमा उनलाई हराएकी भगवती चौधरी पुनः जित निकाल्ने लक्ष्यमा सक्रिय छिन् । उता, अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तर्फबाट ६ हजार मत काट्दै निर्णायक भूमिका खेलेका मतदातालाई यसपटक आकर्षित गर्न पार्टीका नयाँ उम्मेदवार, पूर्वसांसद अशोक चौधरी मैदानमा उत्रिएका छन् ।
सुनसरी–३ मा आदिवासी जनजाति समुदायको प्रभाव बलियो मानिन्छ । दूई चौधरी ९भगवती र अशोक० र थारू समुदायका गच्छदारबीचको प्रतिस्पर्धाले निर्वाचनलाई जातीय र क्षेत्रीय सन्तुलनको परीक्षामा उभ्याएको छ । गच्छदारले आफ्नो दीर्घ राजनीतिक अनुभव, पूर्वमन्त्री पदको हैसियत र कांग्रेसको परम्परागत मतका भरमा जित्ने विश्वास व्यक्त गरेका छन् । तर भ्रष्टाचारको मुद्दा र अघिल्लो पराजयले उनको अभियानमा दबाब थपेको छ ।
एमालेकी भगवती चौधरीले गत निर्वाचनको जितलाई दोहोर्याउने तयारीसहित जनसम्पर्क अभियान तीव्र बनाएकी छन् । उनले स्थानीय स्तरमा महिला सशक्तीकरण, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएकी छन् । यसैबीच, रास्वपाका अशोक चौधरीले “पुरानो अनुहारभन्दा नयाँ सोच” को नारा अघि सारेका छन् । युवापुस्तामाझ रास्वपाप्रतिको समर्थन बढ्दै गएपछि सुनसरी–३ को राजनीतिक समीकरण फेरिन सक्ने विश्लेषकहरूको मत छ ।
देशभर प्रचार–प्रसार तीव्र हुँदै जाँदा सुनसरी–३ पनि पूर्ण रूपमा चुनावमय बनेको छ । बजार, चोक र गाउँ–टोलमा पार्टीका गीत बज्न थालेका छन् । उम्मेदवारहरू घरदैलो, जनसभा र सामाजिक सञ्जालमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् ।
स्थानीय विश्लेषक रामनारायण चौधरी भन्छन्, “यो क्षेत्र पुरानो विरासत र नयाँ विकल्पबीचको द्वन्द्वमा छ । गच्छदारको अनुभव, भगवतीको संगठन र अशोकको नयाँ लहरबीच परिणाम अप्रत्याशित बन्न सक्छ ।”
१६ दिन बाँकी निर्वाचनमा अब सुनसरी–३ ले केवल उम्मेदवार होइन, पुरानो राजनीति र नयाँ सोचबीचको निर्णय गर्नुपर्ने छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो