फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । लामो समयदेखि रोकिएको कित्ताकाटले इटहरी उपमहानगरबासीको आयआर्जन र जीविकोपार्जनमा मात्र नभएर सरकारी राजस्वमा समेत असर पारेको भन्दै आजदेखि कित्ताकाट खुल्ला गरिएकोछ ।
इटहरी उपमहानगरपालिकाले जग्गा वर्गीकरण सकेर कित्ताकाटको लागी मार्गप्रसस्त गरेको हो ।
उपमहानगरपालिकाले स्थानीय राजपत्र मार्फत वर्गीकरणको नतिजा प्रकाशन गरेको छ । भू–उपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको बताइएको छ ।
स्थानीय भू–उपयोग परिषद् गठन गरेर कृषि, आवासीय, व्यवशायीक, औद्योगिक, वन, सार्वजनिक, नदी खोला, सांस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरिएको छ।
राजपत्रको नतिजा अनुसार सबैभन्दा बढी आवासीय कित्ता ४१ हजार १५७ रहेका छन् भने व्यवशायीक क्षेत्रका १७ हजार १६० वटा कित्ता छन् । कृषिका जम्मा तीन हजार २८४ कित्ता र औद्योगिक प्रयोजनका ३९२ कित्ता छन् । यस्तै वडा नं. २ मा एउटै मात्र वन क्षेत्र रहेको विवरण सार्वजनिक भएको छ । ७०१ वटा कित्ता सार्वजनिक जग्गा , १२३ वटा कित्ता नदी, खोला, सिमसार, ३५ वटा कित्ता सांस्कृतिक तथा पुरातात्त्विक छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो