इजरायल-प्यालेस्टाइन युद्धको कहानी !

फाष्ट मिडिया नेपाल संवाददाता
इजरायल-प्यालेस्टाइन युद्धको कहानी !
करिब 1000 ईसा पूर्व (3000 वर्ष पहिले) मध्यपूर्वमा Kingdom of Israel भन्ने रहेछ (हालको Israel-Palestine, Jordan, Lebanon क्षेत्र)। त्यहा यहुदी हरु (Jews) बस्दा रहेछन्, उनीहरुका आफ्नै फरक रितिरिवाज, धर्म (Judaism) रहेछ। जेरुसेलम चै Israel को राजधानी रहेछ, जेरुसेलममा यहुदी हरुले एउटा ठुलो मन्दिर (Temple Mount) बनाएछन्। यसरी १००० वर्ष जति यहुदी हरु कहिले वेविलोनीयनहरु, कहिले पर्सियनहरु, कहिले रोमनहरू संग लडदै-भिड्दै विताएछन्।
त्यसैबेला “जिसस क्राइस्ट” को जन्म भएछ र नया धर्म “इसाई”पनि । जिससको मृत्यु पश्चात 2-300 वर्षमा इसाई फैलिदै गएर पुरै युरोप-उत्तर अमेरिका ढाकेपछि इसाईहरूले एउटा नयाँ साम्राज्य बनाएछन् ‘Byzantine Empire’ । र Byzantine साम्राज्यले Israel लाई अधिनमा लिएछ। यसपछि इसाईहरूले जेरुसेलममा एउटा ठुलो चर्च निर्माण गरेछन् (जहाँ जिससलाई मारिएको थियो)।
त्यहीबेला फेरि अर्का Prophet “मोहम्मद” जन्मिएछन्। अर्को एउटा नयाँ धर्म र फेरि अर्को एउटा साम्राज्यको शुरुवात भएछ। 1450 AD तिर इसाईहरूको Byzantine साम्राज्य लाई इस्लामिक साम्राज्यले हराएछ र नाम बदलेर ‘Ottoman Empire'राखेछन् (हालको टर्की)। ५-६०० वर्षको Ottoman (इस्लामिक) शासनकालमा धेरै यहुदी हरु तितरबितर भएछन्। र धरै जस्तो चै नजिकै युरोप तिर गएर शरण लिएछन्।
यत्तिकै मा साल 1914 आइपुगेछ (पहिलो विश्व युद्धको शुरुवात)। यहुदी हरु अरु भन्दा दिमागदार हुदा रहेछन् र पहिल्यै देखि धेरै युद्ध लडेका भएर वेलायतले यहुदी हरुलाई फकाएछ …ल भाइहरु Ottoman साम्राज्य संग लड्न सहयोग गर बदलामा तिमीहरुलाई नया देश दिनेछौ … भनेर सहमति गरेछ। विश्व युद्धमा Germany र Ottoman साम्राज्य ढुट्टो भएपछि Palestine क्षेत्र वेलायतको अधिनमा आएछ। सहमति अनुरुप वेलायतले यहुदी हरुलाई Palestine मा बसाईसराई गर्न कानुन केहि खुकुलो पारिदिएछ।
अर्को तिर पहिलो विश्वयुद्धमा ढुट्टो भएको Germany मा हिटलरको उदय भएछ र यहुदी हरुलाई जहॉं भेट्यो त्यै ठोक्न थालेछन् … कारणःविश्वयुद्धमा वेलायतलाई गरेको सहयोग । यसपछि यहुदी हरुले, ल जेसुकै होस् अब हामी आफ्नै पहिलाको घर फर्कम …भनेर एउटा अभियान चलाएछन् र भटाभट (Israel-Palestine) फर्कन थालेछन् (जसलाई Zionism भन्छन्)।
यत्तिकै मा केके गर्दा गर्दै दोस्रो विश्वयुद्ध शुरु भएछ (1939-1945) विश्वयुद
इजरायलबाट नेपालले सिक्नु पर्ने कुराहरु धेरै छन्:
३ जुलाई १९६७ मा अप्रेसन थन्डरवोल्ड एन्टेबे युगान्डामा संसरकै ठुलो अप्रेसन गर्यो जुन अकल्पनीय थियो सफल गर्यो l फ्रान्स एयर तेल-अभिवबाट एथेन्सको लागि उडेको उडान प्यालेस्टाइनि र जर्मनी आतंकवादीले अपहरण गरेर युगान्डा पुर्याएको थियो, जुन प्लेनमा ८०% इजरायली नागरिक थिए, एन्टेबे एयरपोर्टमा राती ११ बजे अप्रेसन चलाएर १ बजे आफ्नो सबै नागरिक सकुशल फिर्ता ल्याएको थियो जुन अप्रेसनको लिड योनाथान नेतान्याहू हालको इजरायली प्रधानमन्त्रि बीबी नेतान्यहूको भाइले गरेका थिए l त्यस अप्रेसनमा इजरायली सैनिक मध्ये योनाथान नेतान्याहू एकको मात्र मृत्यु भएको थियो l तत्कालिन इजरायली प्रधानमन्त्रि यित्चखाक राबिन थिए जुन रात सेक्रेट अप्रेसन युगान्डामा गर्न इजरायली पर्लेमेंटमा पास भयो त्यसको २० मिनेटमा ३ वटा इजरायली हर्कुलस एयर्फोर्स युगान्डा तर्फ़ उड्न शुरु गर्यो तब इजरायली प्रधानमन्त्रि यित्चखाक राबिनले थन्डरवोल्ड मिशन फेल भयो भने मेरो राजिनामा तत्काल पेश गर्नु भनि आफ्नो एडभाइजरलाइ दिएका थिए, तर मिशल सफल भयो, त्यसबेला इजरायली डिफेन्स मिनिस्टर शिमोन पेरेस थिए l दुनियाको खतरनाक रिस्क मिशन चलाउनु सामान्य कुरा थिएन मिशन फेल भयो भने राजिनामा दिन इजरायली पिएम कति सम्म जिम्मेवार थिए भन्ने कुरा जिवन्त उदाहरण हो l
इजरायलको अहिले केहि नागरिक हमासले बन्दि बनाएको कुरा छ, इजरायल अहिले किन पनि चुप छ भने पहिला आफ्नो नागरिकको रक्षा गर्छ तत्काल आफ्नो नागरिक भएको ठाउमा आक्रमण गर्दैन पहिला बचाउछ, त्यसपछि आतंकबाद बिरुद्ध अप्रेसन चलाउछ, इजरायल सधै युद्धमा हुन्छ तर इजरायल हरेको इतिहास छैन, विश्व का सबै मुस्लिम राष्ट्र संग एकै साथ् युद्ध गरेर ६ दिन मा सबै मुस्लिम राष्ट्र लाइ धुलो चटाएको थियो जलाई इजरायली इतिहासमा 6 day war भन्छन, Yom Kippur इजरायलीको महत्वपुर्ण चार्ड हो, त्यहि चाड मनाइ रहेको बेला अरब राष्ट्र इजिप्ट सिरियाहरु मिलेर आक्रम गरेका थिए त्यो युद्ध लगभग १९ दिन चलेको थियो त्यो लडाईलाइ Yom Kippur War भनिन्छ l
हमासले यस पटक इजरायललाइ आक्रमण गर्यो जसमा १० जना नेपालीहरुको ज्यान गयो, अन्य बिदेशीहरुको पनि ज्यान गएको छ इजरायलीहरु त सामान्य सधै एक मरे भने हजार मार्ने क्रम चलि रहेकै हो, हमासले यसको ठुलै मुल्य चुकाउनु पर्नेछ l इजरायलको जन्म देखिको इतिहास सधै युद्दमा छ कुनै युद्ध हारेको छैन, त्यो युगको इजरायलले त्यस्तो त्यस्तो अप्रेसन गर्दै आएको छ भने आजको आधुनिक इजरायललाइ मुस्लिम टेररहरुले नचलाए हुन्छ l इजरायलले चाह्यो भने संसारमा जे पनि हुन्छ इजरायलले चाह्यो भने विश्व युद्ध हुन्छ र उसले चाहेन भने हुन लागेको युद्ध पनि रोकिन्छ l विश्वअर्थतन्त्र यहुदीको पैसाले चलेको छ, बेलायत अमेरिकाको अर्थतन्त्र नै यहुदीले धानेको छ l रसिया र चिनसंग पनि राम्रो सम्बन्ध बढाई रहेको इजरायल मुस्लिम टेररहरुले चिन्न गल्ति नगरेस l
नेपालको प्रधानमन्त्रि आफ्नो छोरा-छोरीलाइ पद र पावरमा लैजान्छन अहिले इजरायली प्रधानमन्त्रि आफ्नै छोरालाइ युद्धमा बन्दुक बोकाएर पठाउदै छन, पुर्वप्रधानमन्त्रि नाफ्ताली वेनेट युद्ध क्षेत्रमा गैसकेका छन् l

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया