इटहरी । राष्ट्रिय तथ्यांक कार्यालयले गरिबी दरका आधारमा स्थानीय तहको वर्गीकरण गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ र जीवनस्तर सर्वेक्षण २०७९÷८० का आधारमा यो वर्गीकरण गरेको हो ।
शुक्रबार सार्वजनिक प्रतिवेदन अनुसार सबभन्दा कम गरिबी रहेको पालिकामा मुस्ताङको घरपझोङ गाउँपालिका देखिएको छ ।
यहाँका ३ हजार ७२१ जसंख्यामध्ये १.१८ अर्थात् ४४ जना मात्र गरिबीको रेखामुनि छन् ।
दोस्रो थोरै गरिबी दर भएको पालिका मोरङको केराबारी हो। यहाँका ३५ हजार ५०४ जनसंख्यामध्ये २.०८ प्रतिशत गरिबीको रेखामुनि छन्।
गोरखाको सहिद लखन गाउँपालिका तेस्रो स्थानमा छ । यहाँका २३ हजार ७६ जनसंख्यामध्ये २.७६ प्रतिशत गरिब छन् ।
चौथोदेखि छैठौंसम्म क्रमशः झापाका तीन गाउँपालिका बुद्धशान्ति, हल्दिवारी र कमल गाउँपालिका रहेका छन् ।
त्यस्तै, सातौंमा रूपन्देहीको तिलोत्तमा नगरपालिका, आठौंमा मुस्ताङको लो गेखर दामोदरकुण्ड गाउँपालिका, नवौंमा मनाङको नासेङ गाउँपालिका र दसौंमा तनहुँको बन्दीपुर गाउँपालिका छन् ।
वर्षभरका लागि आधारभूत उपभोग्य वस्तुहरू जोहो गर्न नसक्ने स्थानीय तह गरिबीमा पर्छन् । राष्ट्रिय रूपमा वार्षिक प्रतिव्यक्ति ७२ हजार रूपैयाँ खर्च गर्न नसक्नेलाई गरिबका रूपमा गणना गरिन्छ । प्रदेश अनुसार यो दर फरक हुन्छ । नेपालमा कुल २० प्रतिशत जनसंख्या गरिबीमा पर्छन् ।
खगेन्द्र कार्की
२८ पुस २०८२, सोमबार ०९:५८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो