पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ २२ गते (तद्अनुसार सन् २०२३ जुलाई ७ तारिख) शुक्रबार शुद्ध श्रावणकृष्णपक्ष चतुर्थी तिथि

खगेन्द्र कार्की


मेष – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छिमेकमा केही असमझदारी बढ्ने योग भएपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मानवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा सुखद रहला ।

वृष – दिन उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहनेछ । रहला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ने देखिन्छ । स्थानान्तरण तथा टाढाको यात्रा सम्भावना छ । पितृधनप्राप्तिको योग हुनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक कामले यात्रा हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । श्रमको उचित मूल्यांकन होला । तर, प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । पढाइमा भने प्रगति हुनेछ । जोखिम बढ्नेछ तर दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्ने समय छ ।

कर्कट – समय त्यति अनुकुल नरहला । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन् । द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ ।

सिंह – आजको दिन व्यापारमा प्रशस्त फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख बढ्नेछ । रचनात्मक काममा मन जाला ।

कन्या – नयाँ जिम्मेवारी हात पर्ने सम्भावना छ । परोपकारजन्य क्रियाकलापबाट राम्रै प्रतिष्ठा पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गरिएला, रोकिएका कामहरू सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य मात्र लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – जिम्मेवारी बढिरहनेछन् तर स्वास्थ्य भने कमजोर रहको अनुभूति होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग रहेकोले सजग रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । केही मात्रामा खर्च बढे पनि काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय रहेकोले सचेत रहनु हितकर होला । दाम्पत्यसुख बढ्नेछ ।

धनु – परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । तथापि, आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्न सक्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ र, उद्योग तथा व्यापारमा सामान्य मात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिए पनि नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । तर पढाइलेखाइमान त्यत्ति ध्यान दिन नसकिएला । आरोग्यता बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्ने र रसरागमा आकर्षण रहने समय छ । यात्रापरक कार्यमा सफलता प्राप्त होला ।

मीन – आजको दिन सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तर, काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । वार्तामा सफलता मिल्नेछ भने साझेदारीको काम बन्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया