सुनसरी।। सुनसरी स्थित झुम्कामा आज झुम्का उद्योग वाणिज्य संघले १०औं साधारण सभा सम्पन्न गरेको छ। रामधुनी नगरपालिका वडा नं ५ झुम्कामा झुम्का उद्योग वाणिज्य संघको सभा हलमा १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
झुम्का उद्योग वाणिज्य संघका नविन कुमार चौधरीको अध्यक्षता तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकर लाल चौधरीको प्रमुख आथित्यतामा साथै रामधुनी वडा नं १ र ३ का वडा अध्यक्ष महेश चौधरी, बुध नारायण चौधरी लगायतको आथित्यतामा विभिन्न व्यापार व्यवसायीको उपस्थितिमा सो साधारण सभा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नविन चौधरीले सम्पुर्ण व्यवसायीलाई विभिन्न किसिमका कार्यहरू भईरहेको बताएका छन्। उनले बजार व्यवस्थापन गर्न छुट्टाछुट्टै किसिमका व्यापारीलाई छुट्याउने "माछा मासु पसल सञ्चालन गर्नेलाई एकमुष्टमा एकै ठाउँमा व्यवस्थित रूपमा राख्ने", त्यस्तै अन्यलाई त्यसरी नै मिलाउँदै लाने बताएका छन्।
यस्तै रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरीले यस वाणिज्य संघलाई झुम्का आसपासका व्यवसायीलाई मात्र नभएर दूरीमा रहेको सम्पुर्णलाई समेट्न अनुरोध गरेका छन्। प्रमुख चौधरीले टाढाका स्थानमा रहेका नागरिकलाई झुम्का बजार सम्म जोड्न बाटोको स्तरुन्नत साथै व्यवस्थित गर्दै आएको र त्यही अनुरुप काम भइरहेको बताएका छन्। उनले बजारलाई सुरक्षित बनाउन पनि इन्स्पेक्टर स्तरको प्रहरी कार्यालय पनि जोड्ने बताउँदै व्यवसायीलाई निर्धक्कका आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बताएका छन्।
दयाराम कटेल
८ पुस २०८०, अाईतबार ०७:५६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो