आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ ३१ गते (तद्अनुसार सन् २०२३ जुन १४ तारिख) बुधबार आषाढ कृष्ण पक्षको एकादशी तिथि

खगेन्द्र कार्की

मेष – शुभता बढ्ने समय छ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला । आज आकस्मिक रूपले धनलाभ हुने योग छ । विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ भने मित्रजनसँग मनोरञ्जनको अवसर जुर्नेछ । आशा उत्साह बढ्नुका साथै यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन आर्थिक पक्ष सबल बन्नेछ भने अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । उद्योगधन्दामा गरिएको लगानी फाइदाजनक सावित हुनेछ । तथापि, नचिताएको काममा खर्च हुने योग छ, सचेत रहनुहोला । श्रमको उचित मूल्याङ्कन भइ कामको सुखद परिणाम प्राप्त हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट लाभ मिल्ला । पढाइलेखाइमा पनि सकारात्मक परिणाम मिल्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर जुर्न सक्छ । दैनिक कार्यमा ढिलासुस्ती हुन सक्ने योग पनि रहेकोले मनोबल उच्च राखी कर्म गर्नु हितकर होला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – पारिवारिक जीवन सामान्य रहने छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने समस्याको हल हुनेछ । मेहनत गरेअनुसारको फल भने प्राप्त नहुन सक्छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने योग छ । दायित्व वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आकस्मिक लाभ मिल्ने तथा लाभदायक समाचार सुन्ने समय छ । तथापि, खर्च पनि बढ्ने देखिन्छ । स्वास्थ्यमा समस्या आउने तथा उपचारमा खर्च हुने योग छ । सचेत रहनुहोला । मित्रजनको साथ प्राीत हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम बन्नेछन् । धनलाभ होला । रमाइलो यात्राको अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ भने आज नसोचेको ठाउबाट धन आर्जन गर्न सकिने योग छ । प्रतिष्ठा बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – अतिथिको आगमन हुने समय छ । धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । चिताएको काममा बाधा हुँदा मन खिन्न होला । आजको दिन विवादबाट बच्नु विशेष हितकर होला । कामको बोझले थाकेको महसुस हुन सक्छ । आरोग्यता भने रहनेछ । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आजको दिन धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । साझेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । अनावश्यक नाता गाँस्नेहरूसँग सावधान रहनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – व्यस्तता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, खर्च बढ्नेछ । आज लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । नयाँ ठाउँमा धन लगानी गर्ने माहोल बन्ला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद एवम् भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै मित्रजन एवम् सन्तान पक्षबाट सुख मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सुखद समाचार सुन्न पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । धार्मिक तथा सामाजिक काममा समय बित्ने योग छ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – समय आफूअनुकुल नहुन सक्छ । काममा जाँगर नचल्ने एवम् प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्ने दिन छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । धनमाल वा कुनै बस्तु हराउने योग रहेकोले सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । साझेदारीको काम बन्ने, समस्याको समाधान मिल्ने, र शत्रुपक्ष परास्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया