पाठकको पुर्पुरो : वि.सं. २०८० श्रावण १० गते (तद्अनुसार सन् २०२३ जुलाई २६ तारिख) बुधबार अधिक श्रावणशुक्लपक्ष अष्टमी तिथि

खगेन्द्र कार्की

मेष – परिवारमा आर्थिक समस्याले पनि सताउने समय भएपनि कुनै नयाँ काम शुरु गर्न उपयुक्त दिन छ । जाँगर बढ्नेछ भने सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । आरोग्यता र प्रेमभाव वृद्धि होला । मानवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् ।

वृष – समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्ने दिन छ । मनमा अनावश्यक डरको भाव जागृत होला, सतर्क रहनु हितकर होला । कसैसंग हल्का मनमुटाको योग छ । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । चोटपटकबाट बच्न विशेष सावधानी अपनाउनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – जागिरमा खासै मन नजाने समय चलेको छ तर आजको दिन धन मान प्राप्त हुने योग छ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता होला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – ब्यस्तता बढ्नेछ । सोचेअनुसार काम पूरा भइ सुखको अनुभव हुने दिन छ । आज आर्थिक कारोबार पनि राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद् रहला । रमाउने समय छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – आजको दिन आकस्मिक लाभको योग छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि देखिन्छ । आज आहारविहारमा विशेष सतर्क रहनु स्वास्थ्यको लागि हितकर होला । परिवारमा सामान्य विवाद हुन सक्छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । पराक्रमका साथै धन बढ्ने योग छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या – स्वास्थ्यप्रति विशेष सतर्क रहनुपर्ने समय छ । आज अल्छीपनले सताउला । काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – दिन राम्रो छ । परिश्रमअनुसार राम्रै उपलब्धि हुनेछ भने रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घिको सह िप्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आरोग्यता वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । सन्तानको सुख मिल्नेछ ।

वृश्चिक – आजको दिन शुभदायी छ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको पनि योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभूति होला । दायित्व र पराक्रम वृद्धि हुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु थप उत्तम हुनेछ ।

धनु – समाजिक सम्मान भने पाउने समय छ, तर स्वास्थ्य अवस्था भने सामान्य कमजोर रहेको महसूस हुन सक्छ । आज यात्राको पनि योग छ । नसोचेको ठाउँबाट धनलाभ होला । मनोरञ्जनका साथ दिन बित्नेछ । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल वृद्धि भएपनि आज बेकामको क्षेत्रमा पैसा खर्च हुने समय रहेकोले सावधान रहनु हितकर होला । भौतिक सरसामान क्षति हुन सक्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – भाग्यबल वृद्धि हुनेछ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । सोचेअनुसार कामले पूर्णता भने नपाउन सक्छ, धैर्य राख्नुहोला । आरोग्यता र ऐश्वर्य वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ भने मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।

मीन – नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका अनेक बाटाहरू खुल्न सक्छन् । ब्यापार ब्यवसायमा राम्रै लाभ होला । उपलब्धीमूलक रमाइलो यात्रा पनि हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । साहस बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया