धनगढीमा १८ वर्षीया किशोर सागर खनालले बनाएर इलेक्ट्रिक कार

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सियोधरी नबन्ने नेपाल भनेर चिनिएको देशमा पछिल्लो समयमा विज्ञान तथा प्रविधिको चमत्कार देखिन थालेको छ । सरकारले यस्ता नवप्रतिभाहरुको खाजी, संरक्षण र सम्बद्र्धन गर्न छुट्टै निकायकोे प्रक्रियाबाट काम गर्ने हो भने नेपालमा आवश्यक पर्ने औजार, यातायातका साधनलगायतका प्रविधियुक्त वैज्ञानिक वस्तुहरुको उत्पादन नेपालमै गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरण पेश गरेका छन धनगढीका १८ वर्षीया किशोर सागर खनालले ।

६ महिनामा खनालले ३ लाख पर्ने प्रति घण्टा ४५ देखि ८० किलोमिटरसम्म टप स्पिड  चल्न सक्ने इलेक्ट्रिक कारको बनाएर परिक्षण गरेर देखाइदिएका छन् । सो कारले ६ घण्टासम्म फुल चार्ज दिन सक्ने बताईएको छ । एसपिए कलेजमा अध्ययनरत खनाल र उनीहरु अरुहरुले आविष्कार गरेका साधनहरुलाई उर्जा र नेपालको प्रगतिको रुपमा हेरेर सरकारले छुट्टै व्यवस्थाका साथ जान आवश्यक देखिन्छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया