वृष – दिगो फाइदा हुने काम शुरु हुन सक्ने समय रहेकोले चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । मेहनतले धेरैको मन लोभ्याउन सकिनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तर बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानसक्छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – व्यवसायमा लगानी बढाउन सकिनेछ । पहिलेका समस्या दोहोरिन सक्ने र मुख्य काममा बाधा हुँदा मन खिन्न रहने योग पनि छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – आज नयाँ कामको प्रस्ताव आउन सक्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको प्रशंसा हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका अन्य काम बन्नेछन् । आनन्द वृद्धि होला ।
सिंह – बोलीको भरमा काम सम्पादन हुने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । नचिताएको फाइदा हुने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । शुभ समाचार प्राप्त होला । आफन्तसित भेटघाट हुनेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – समय मिश्रित परिणाम दिने प्रकारको रहेको छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्नेछ । आयबल बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । आज धन आर्जनको योग छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ, सचेतनापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहला । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
वृश्चिक – सानातिना घरेलु काममा अल्झनुपर्ने समय छ । घरसल्लाह पनि नमिल्न सक्छ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।
धनु – सहयोगीहरूले काममा साथ दिनाले आज राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ भने प्रशंसकहरू बढ्नेछन् । कामले अरूको मन लोभ्याउन सकिएला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – आम्दानीका नयाँ स्रोत फेला पर्ने समय छ । गरेका कामबाट प्रशस्त लाभ होला । आत्मीयजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायमा लाभ मिल्ला । । श्रमको उचित मूल्यांकन हुनेछ । सामाजिक कामको दायित्व बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ने समय छ ।
कुम्भ – समय सामान्य छ । व्यापारमा लाभ होला । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योग रहेकोले विशेष योजना गोप्य राख्नुहोला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – रोकिएका काम सम्पादन हुनेछन् । आजको दिन विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने भएकाले सावधानी अपनाउनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु हितकर होला । आफन्तको साथ कमै मिल्नेछ तर वार्तामा सफलता प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो