इटहरी । सरकारलाई राष्ट्रपतिबाट भएको असहयोगलाई आधार बनाएर रिस र आवेगमा चुनावमा होमिएको महाविर पुनले खुलासा गरेका छन् । उनले भने–अध्यादेश र नियमावली स्वीकार गरेको भए चुनाव लड्ने थिइनँ, रिस उठ्यो र म्याग्दीतिर दगुरेँ । उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएकोमा दुःख र आक्रोससहित चुनावी मैदानमा आएको बताए ।
ती अध्यादेश र नियमावली स्वीकार गरिएको भए आफू चुनाव लडिरहेको स्थितिमा नहुने उनले उल्लेख गरेका छन् ।
“शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन,” पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
अन्तिम घडीसम्म कोसिस गर्दा पनि केही सीप नलागेपछि अचानक आफू निर्वाचनमा होमिएको उनले बताएका छन् । “एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले अलमल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” उनले लेखेका छन् ।
आफू म्याग्दीको मुनागाउँतिर चुनाव प्रचार गर्न हिँडेको पनि उनले उल्लेख गरेका छन् । त्यसपछिका अरू पोस्टमा उनले मुनागाउँतिर जाँदै गरेको भन्दै भिडियो सेयर गरेका छन् । मंगलबार ९माघ ६० उनले म्याग्दीबाट उमेदवारी दर्ता गराएका हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो