अमेरिकाको इतिहासमै पहिलो पटक अपराधिक घटनाका आधारमा पूर्व राष्ट्रपति ट्रम्प प्रहरी हिरासतमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । अमेरिकाको इतिहासमै पहिलो अपराधिकसहित २४ वटा आरोप खेप्ने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा पुगेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

७६ वर्षीय ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया