मेष– आजको दिन अलिक चुनौतीपूर्ण रहला । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय छ । व्यक्तिगत काममा सोचेभन्दा ज्यादा समय र धन खर्च हुने सम्भावना रहेकोले सावधान रहनु हितकर होला । भौतिक साधनका पनि क्षति हुने योग छ, ध्यान राख्नुहोला । तत्काल समाधान नहुन सक्ने समस्यासँग जुझ्न धैर्य र दृढताले मद्दत गर्नेछ ।
वृष– कसैसँग कुनै बाचा गर्नुभएको छ भने त्यो पूरा हुने समय रहेको छ । नयाँ योजनातिर मन खिचिने योग रहेकोले गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुको हित हुने काम गरेर सन्तुष्टि प्राप्त गरेपनि आजको दिन आफ्नो व्यवसायबाट सोचेजति लाभ भने नहोला । टाढिएका आफन्तको यादले सताउनन सक्छ । काँकी पक्ष सुखद रहने छ ।
मिथुन– केही नयाँ काम गर्नको लागि इष्टमित्र एवम् परिवारजनको राम्रो सल्लाह आउने दिन छ । आयआर्जनमा राम्रो हुनुका साथै नयाँ काम सुरु गर्ने योग छ । व्यापारमा राम्रै धनलाभ होला । विशेष प्रयत्न गरेमा आशमारेको रकम पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछ भने दिन उल्लासमय रहला ।
कर्कट– सामान्यतया आजको दिन निकै राम्रो छ, रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । मन फुरुङ्ग रहला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ भने साथीभाइले काममा सहयोग जुटाउनेछन् ।
सिंह– कडा प्रयासका बाबजुद कमैमात्र सफलता मिल्ने समय छ । अनावश्यक वादविवादबाट बच्न आफ्ना धारणालाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । हातहतियारबाट जोगिन विशेष प्रयास गर्नुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, कसैसंग मनमुटाव वा वादविवाद पनि पर्न सक्छ, सावधान रहनु हितकर हुनेछ ।
कन्या– आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने समय छ । काममा मन नजानाले योजनाहरू अधूरै रहला । मान-सम्मानमा आघात पर्ने सम्भावना भएपनि श्रमको भने उचित मूल्यांकन हुनेछ । यात्रामा सफलता मिल्नेछ ।
तुला– सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने समय छ । मान–प्रतिष्ठा बढ्ला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जनका साथ बित्नेछ भने पारिवारिक आवश्यकता पूर्ति होला ।
वृश्चिक– प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । परिवारबाट टाढा बस्नुपर्ने योग भएपनि टाढाको यात्राबाट धनको लाभ होला । सवारीसाधन तथा चौपाया बस्तु आदिको कामबाट लाभ हुने देखिन्छ । सिर्जनात्मक तथा साहित्यिक कार्यमा मन जाला ।
धनु– पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, विशेष सवधान रहनुहोला । आजको दिन स्वास्थ्यले साथ नदिन सक्छ, खानपान आदिमा सावधान रहनु हितकर होला । यात्राका क्रममा सचेत नरहे हानी पुग्न सक्ने योग छ । नसोचेको ठाउँमा धनको नाश हुन सक्छ, सचेत रहनुहोला ।
मकर– आजको दिन कामहरु सजिलैसँग बन्नेछन् भने आर्थिक लाभ मिल्ने खालको समय छ । रसरागमा मन जाला । बुद्धिविवेकले राम्रो काम गर्नाले अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा हुने योग छ । केही अधुरा काम सम्पन्न हुनेछन् ।
कुम्भ– दिन शुभदायी छ । पराक्रम वृद्धि भइ सोचेभन्दा बढी नै लाभ मिल्ला । व्यापार व्यवशायमा उन्नति हुनेछ भने आत्मविश्वासले धनलाभ गराउने योग छ । आँटेगरेको कार्यमा सफलता मिल्नाले मन हर्षित रहला । रसरागको भाव वृद्धि हुनेछ ।
मीन– घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले आजको दिन मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम विशेष सजगता अपनाउनु हितकर हुनेछ । यात्राको योग छ । सानै प्रयासले रोकिएको काम बन्ने समय छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो