फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । अमेरिकामा बन्दुक खेलाउँदा सजग र सचेत रहन गरिएको आग्रहलाई अपमान सम्झने मेक्सिकन नागरिकले छिमेकी घरभित्र छिरेर अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।
अमेरिकाको टेक्ससमा फ्रान्सिस्को ओरोपेजले आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन मुलुक होन्डुरसका नागरिक हुन् ।
प्रहरीले ३८ वर्षीय मेक्सीकन नागरिक फ्रान्सीस्को ओरोपेजलाई संदीग्ध अपराधिको सूचीमा राखेर खोजी गरिरहेको छ । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।
मादक पदार्थ सेवन गरी बन्दुक खेलाइरहेका आक्रमणकारीलाई उक्त कार्य रोक्न छिमेकीले आग्रह गरेपछि उनले गोली प्रहार गरेको जनाइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो