फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं ।बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् ।
पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत क्षति पुगेको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्छ । यसैबीच, बंगलादेशमा एकै रातमा १२ वटा मन्दिरमा तोडफोड भएको छ । ठाकुरगाउँ जिल्लाको बलियाडाँगीस्थित सडक छेउमा रहेका १२ वटा मन्दिरमा तोडफोड गरिएको हो । मन्दिरमा रहेका १४ वटा मूर्ति सडकमा फालिएको छ । घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
खगेन्द्र कार्की
२४ फाल्गुण २०७९, बुधबार ०८:४३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो