म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छुु, देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउँदै थप भनेका छन्, ुदेशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।ु
देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण अभियानको आफू नेतृत्वकर्ता रहेको समेत दाबी गरेका छन् ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छु, उनले भनेका छन् ।
देउवाले आफू र श्रीमती आरजुमाथि लगाइएको आरोपको वास्तविकता समयक्रमसँगै खुल्दै जाने भन्दै अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल पनि गरेका छन् । यति मात्रै होइन देउवाले आफू तत्काल स्वदेश फर्किन सम्भव नभएको सन्देश पनि स्पष्ट रूपमा दिएका छन् ।
उनले भनेका छन्, ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।ु
देउवाले उपचारका लागि विदेशमा रहेको बताए पनि नेपाल प्रहरीले भने उनी र पत्नी आरजुलाई समेत फरार सूचीमा राखिसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनीहरू फरार सूचीमा परेका हुन् । उनीहरू आफैँ स्वदेश नफर्किए रेड नोटिस जारी गर्ने तयारीसमेत सरकारले गरेको छ । ुअब रेड नोटिसको प्रक्रिया अगाडि बढ्छु, गृह मन्त्रालयका एक अधिकारीले भने ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो