परिवर्तनको मोडमा नेपाल : जेन–जी आन्दोलन र नयाँ राजनीतिक चेतना

Maeve

अशोकुमार चौधरी : सुनसरी क्षेत्र नं. ३ रास्वपा उम्मेदवार

नेपालको राजनीतिक परिदृश्य फेरि एकपटक ‘परिवर्तन’ र ‘विश्वास’को दोभानमा उभिएको छ। दशकौँको सत्ता–संस्कृतिप्रति असन्तुष्ट जनमानस अहिले नयाँ बाटो खोजिरहेको छ। यही मनोविज्ञानबाट उदाएको चेतना अहिले जेन–जी आन्दोलनका रूपमा राजनीतिक संवादको केन्द्रमा पुगेको छ।

यो आन्दोलन कुनै दल वा व्यक्ति–केन्द्रित प्रयास होइन, सामूहिक चेतनाको पुनर्जागरण हो। यसले नागरिकलाई सम्झाएको छ— राजनीति पद प्राप्तिको माध्यम होइन, प्रणाली सुधार र निष्ठाको जिम्मेवारी हो। यही विचारले अहिलेको नेपाली राजनीति नयाँ बहसको मोडमा पुगेको छ।

नयाँ पुस्ताको सोच र व्यवहार

जेन–जी आन्दोलनले नयाँ पुस्तामा गहिरो आत्मप्रश्न उठाएको छ—

के हामी आलोचना मात्र गर्ने पुस्ता बन्ने हो, कि आचरणले नै परिवर्तन ल्याउने पुस्तारु

यदि युवा पुस्ताले यही सोचलाई व्यवहारमा उतार्न सके, पुरानो सत्ता–संस्कृति स्वतः विस्थापित हुनेछ।

राजनीतिक दिशा अब नेताले होइन, सचेत नागरिकले निर्धारण गर्ने समय आएको छ।

जेन–जीको मर्म हो— सहकार्य, पारदर्शिता र नागरिक–केन्द्रित राजनीति।

सहकार्यको संस्कृतिले राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर साझा लक्ष्यमा केन्द्रित गराउँछ।

वैकल्पिक सोच, संस्थागत अनुशासन र साझा दृष्टिको संयोजनले मात्र दीर्घकालीन सुधार सम्भव हुन्छ।

वैकल्पिक शक्तिको उदय र चुनौती

निराशाको बीचबाटै वैकल्पिक शक्तिहरू जन्मिन्छन्, र नेपाल अहिले त्यही चरणमा छ।

कसैले स्वतन्त्र नागरिक अधिकारको आवाज, कसैले स्थानीय सरकार सुदृढीकरणको माग,

र कसैले शासन सुधारको अभियान चलाइरहेका छन्।

यी सबै प्रयासहरूको केन्द्रमा एउटै शब्द घुमिरहेको छ— परिवर्तनको आकांक्षा।

तर समस्या त्यहीँ छ, जहाँ सहकार्यभन्दा प्रतिस्पर्धा बलियो छ।

वैकल्पिक शक्तिहरूले बुझ्नुपर्ने हो— जनताको म्यान्डेट विभाजनले अन्ततः पुरानै सत्ता संरचना बलियो बनाउँछ।

एकताको भावनाविना आन्दोलन संस्थागत हुँदैन, सहकार्यविना विकल्प बलियो हुँदैन।

संवादको संस्कृतितर्फ स् नयाँ अभ्यास

यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजनमा भएको

‘जेन–जी आन्दोलन स् उपलब्धि, बाटो र निकास’ विषयक राजनीतिक संवाद

महत्त्वपूर्ण अभ्यासका रूपमा आएको छ।

यो केवल एक दलको कार्यक्रम होइन,

विभिन्न धार र सोचबीचको संवादको प्रयोग हो—

जसले वैकल्पिक राजनीति र जनसहभागिताबीचको पुल निर्माण गर्ने सम्भावना बोकेको छ।

संवादले सिकाएको छ—

राजनीति अस्वीकार होइन, सुन्ने अभ्यास हो।

नेपालको राजनीतिक संस्कृतिमा यही अभ्यास अभाव छ—

जहाँ असहमतिलाई शत्रुता होइन, सुधारको अवसरको रूपमा लिन सकियोस्।

जनसहभागिता र मूल्यमा आधारित राजनीति

सामाजिक मनोविज्ञान भन्छ— जनता जसमा विश्वास गर्छन्,

उही व्यवस्था बलियो हुन्छ।

राजनीतिक परिवर्तन तब स्थायी बन्छ, जब जनता आफूलाई त्यस परिवर्तनको सहभागी महसुस गर्छन्।

नेपालका विगतका आन्दोलनहरू नेतृत्व–केन्द्रित थिए,

तर नयाँ आन्दोलन नागरिक–केन्द्रित हुनुपर्छ।

जनताको सहभागिता, युवाको सक्रियता र स्थानीयस्तरमा नीतिगत संवाद—

यी तीन तत्वले मात्र प्रणालीगत सुधार सम्भव बनाउँछन्।

निष्कर्ष स् मूल्य–आधारित राजनीति नै निकास

देशलाई अहिले चाहिएको छ—

प्रतिस्पर्धा होइन, सहकार्यस आरोप होइन, आत्मसमीक्षास नारा होइन, निष्ठा।

मूल्य–आधारित राजनीति भनेको त्यही हो,

जहाँ सत्ताभन्दा नागरिक, पदभन्दा सिद्धान्त, र गुटभन्दा राष्ट्रिय दृष्टि ठूलो हुन्छ।

व्यक्तिवादको अन्त्य र साझा दृष्टिमा आधारित राष्ट्रिय एकता निर्माण—

यही हो जेन–जी आन्दोलनको आत्मा।

राजनीति तब मात्र जनताको हुन्छ,

जब नागरिक नै यसको दिशा तोक्छन्।

त्यसका लागि— सहकार्य, सत्यनिष्ठा र साझा मूल्य

अब केवल विकल्प होइन, हाम्रो राष्ट्रिय जिम्मेवारी हो।

Maeve
प्रतिक्रिया