काठमाडौं । त्रिभुवन विमानस्थलमा विदेश जाने नेपालीले सास्ती भोगेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस्तो गलत काम नगर्न र पालिकास्तरसम्मै पुगेर वैदेशिक रोजगारी र भिजिट भिसा बारे जनचेतानामूलककार्यक्रम गर्न सम्बन्धित मन्त्रालय र सचिवलाई निर्देशन दिएका छन् ।
बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले तत्काल सहज वातावरण बनाउन निर्देशन दिएको दाहाल सचिवालयले जनाएको हो ।
‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैंले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’
प्रधानमन्त्री दाहालले पालिकास्तरसम्म पुगेर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न सम्बन्धित मन्त्रालयको सचिवलाई सुझाएका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो