फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं । केन्द्रीय सरकारको आँखै अगाडि बनेका सडकको बेहाल छ भने दुरदराजको सडकको अविगत के होला । राजनीतिक संरक्षणका आधारमा ठेकेदारहरुले जनताको स्वास्थ्यमाथि खेलवार्ड गरिरहँदा पनि सरकार मुकदर्शक बनेको छ । त्यति मात्र होइन ९ वर्षदेखि सडक निर्माण कार्य नै अलपत्र परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संरक्षण दिएको आधारमा प्रचण्डका घरपेटी शारदा अधिकारीले सैलुङ कन्ट्रक्सन कम्पनीको माध्यमबाट नगरकोट सडक निर्माणको जिम्मा लिए पनि कमलविनायक–नगरकोटको सडक निर्माण अलपत्र परेको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीवार नगरकोट सडकको अवलोकन गरेका हुन् ।
प्रचण्डलाई खुमलटारमा बास दिएका शारदा अधिकारीको सैलुङ कन्टक्सनले नगरकोट सडकको जिम्मा पाएको छ । सन् २०१४ मा सम्झौता भएको सडक ९ वर्षसम्म बन्न सकेको छैन । सडकको अवलोकनपछि मन्त्री श्रेष्ठले ठेकेदार कम्पनीलाई बोलाएर स्पष्टीकरण लिने बताए ।
‘कससँगको सम्बन्ध भन्ने थाहा भएन, सरकारसँग सम्झौता भएको कम्पनीले काम नगरे कारवाही हुन्छ,’ श्रेष्ठले भने ।
एक्जिम बैंकको सस्तो ऋणमा विस्तार गर्न लागिएको सडकको काम समयमै पूरा नगर्दा नगरकोट जानेले धुलाको सास्ती व्यहोर्नुपरेको छ । बिहीवार नारायणकाजीसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।
पुस ११ गते उपप्रधानमन्त्री बनेलगत्तै नारायणकाजीले उपत्यकाका सडक अनुगमन गरेका थिए । १५ दिनभित्र सडकका खाल्डा पुर्न निर्देशन दिए पनि कार्यान्वयन भने भएको छैन । मन्त्री अनुमगनमा आउने थाहा पाएपछि नगरकोट सडकमा पानी हालेर धुलो मारिएको थियो ।
राजनीतिक नेताको संरक्षणमा ठेकेदार अधिकारीले सडकको काम पूरा नगरेर जनतालाई सास्ती दिएको भन्दै भक्तपुरका सांसद प्रेम सुवालले दर्जनौं पटक संसदमा आवाज उठाइसकेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो